समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो : आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो : आयोग

nirbachan aayog

काठमाडौं, २८ मंसिर । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ ।

अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

कसको कति मत ?

नेकपा एमाले- २६ लाख ३१ हजार ९९१

नेपाली काँग्रेस – २५ लाख ४६ हजार ६९

नेकपा (माओवादी केन्द्र) –  १० लाख ४५ हजार ४४६

संघीय समाजवादी फोरम, नेपाल- ३ लाख ५१ हजार ५२५

राष्ट्रिय जनता पार्टी, नेपाल- २ लाख ९५ हजार ४४८

राष्ट्रिय प्रजातन्त्र पार्टी- १ लाख ७५ हजार ५९०

विवेकशील साझा पार्टी- १ लाख ७३ हजार ७९७

नयाँ शक्ति पार्टी, नेपाल- ६९ हजार २४१

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) – ६३ हजार ८९२

नेपाल मजदुर किसान पार्टी – ५० हजार ४०१

अन्य दल-  २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);