स्वतन्त्र उम्मेदवार असलम भन्छन्- राजनीतिक दलविरुद्ध मेराे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

स्वतन्त्र उम्मेदवार असलम भन्छन्- राजनीतिक दलविरुद्ध मेराे उम्मेदवारी

भैरहवा। रुपन्देही १ (ख) उम्मेदवार असलम खानले राजनीतिक दलबाट खासै विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा उनले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको र अब कुनै पार्टीमा नरहने बताए। ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गए पनि कुनै विकास नभएकाे र जनताकाे जीवनस्रर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेकाे उनकाे भनाइ थियाे। ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु। घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ असलमले भने।

जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताए। ‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्‍याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उनले भने।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);