धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । 

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवासुविधा नलग्ने घोषणा पनि गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताएका छन् ।

उनले मेयर भएर एक रुपैयाँ पनि नलग्ने आफू नेपालकै पहिलो जनप्रतिनिधि हुनेसमेत बताए । ‘मलाई कुनै प्रलोभन छैन,’ उनले भने, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो, त्यसका लागि जनताले एकपटक मौका दिने छन् भन्ने अपेक्षा गर्दछु ।’ उनले धनगढीको मेयरमा आफू अन्तिमपटक लड्नेसमेत दाबी गरेका छन् ।

२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उनी नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित भएका थिए । 

मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए । चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);