कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेशनका लागि बमले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘हाम्रो मिहेनतका कारण कैलाली कांग्रेसमा गुटगत राजतीति अन्त्य भएको छ,’ बमले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ । संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’ 

लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापतिसमेत बनिसकेको बताउँदै बमले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे । 

‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस क्रममा सबै पालिका र वडामा म पुगेको छु । सवै क्षेत्रबाट मलाई सहयोग छ ।’

आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);