कांग्रेस १४औं महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस १४औं महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन् । थापा यसअघि १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए ।

यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);