एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

rajendra

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारकाे बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीकाे आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेकाे छ ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);