राप्रपाको पदाधिकारी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राप्रपाको पदाधिकारी बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी रहेका छन् ।

बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने भएको छ ।राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए । राप्रपाको पदाधिकारी बैठकमा यस विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);