राप्रपाको पदाधिकारी बैठक आज | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

राप्रपाको पदाधिकारी बैठक आज

raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बिहीबार बस्दैछ । बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो ।

पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए । राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित २४ गरी ३१ पदाधिकारी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);