एमसीसी र स्थानीय चुनावको दोबाटोमा गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

एमसीसी र स्थानीय चुनावको दोबाटोमा गठबन्धन

नेपाली कांग्रेस आफै भित्र अन्यौलमा छ। काग्रेसको संस्थापन ईतर पक्ष तत्काल चुनावको पक्षमा देखिएको छ। तर संस्थापन पक्ष भने यो चुनाव सम्म गठबन्धनका अन्य दललाई समेत साथै लैजानु पर्ने छ।

संस्थापन इतर पक्ष भने चुनावका लागि कांग्रेस एक्कलै काफी भएकोले अन्य दलसंग गठबन्धनको आवश्यकता नभएको बताउन थालेका छन् ।
एमाले र कांग्रस चुनावका मुख्य प्रतिस्पर्धी हुन् ।

एक अर्कालाई आफुभन्दा सानो साईजमा राख्नु उनीहरुको राजनीतिक धर्म हो। त्यसैले कांग्रेसको संस्थापन पक्ष यही अभिप्रायले चुनावी गठबन्धनका पक्षमा देखिएको हो।
चुनाव घोषणा गर्ने गठबन्धनका दलहरु समेत चुनावी अभियानमा जुटेका छैनन्। यसरी नजुट्नुको मुख्य कारण एमसीसी नै हो। सत्तामा रहेका अन्यदलहरु नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी एमसीसीको विरोधमा उत्रिएका छन् । यसैकारणले पनि चुनावी अभियानमा दलहरुलाई होमिन मुस्किल परेको छ।

Leave a Reply