धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया

काठमाडौं । काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उदघाटन गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो ।

प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);