सांसद, सञ्चारकर्मीलगायतलाई काेराेना विरुद्धको खोप लगाउने मिति र स्थान सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सांसद, सञ्चारकर्मीलगायतलाई काेराेना विरुद्धको खोप लगाउने मिति र स्थान सार्वजनिक

काठमाडौं, १७ फागुन । संसद सचिवालयले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने मिति र स्थान सार्वजनिक गरेको छ ।

सोमबार प्रेस नोट सार्वजनिक गर्दै संसद सचिवालयले कोभिड–१९ विरुद्धको खोप लगाउने समय र स्थान सार्वजनिक गरेको हो । जसअनुसार फागुन १९ गते प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सांसदलाई खोप लगाइने छ ।

साथै सोहि दिन सचिवालयका महासचिव, सचिव र अन्य विभिन्न शाखाका कर्मचारीले पनि लगाउन सक्नेछन् । त्यस्तै बिहीबार र शुक्रबार सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले खोप लगाउन सक्नेछन् । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउन सकिनेछ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);