कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल नियुक्त

काठमाडौं, १८ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा.मंगल रावल नियुक्त भएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको उपकुलपतिमा सोमबार डा.रावललाई नियुक्त गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्र वाग्लेको चारबर्षे पदावधि सकिएपछि आइतबारदेखि सो पद रिक्त रहेको थियो ।

हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);