भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

kp_oliand_koirala

काठमाडौं, ९ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ।

सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन्।

शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ । समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। त्रिविको उपकुलपतिका लागि त्रिविका निवर्तमान उपकुलपतिदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमीसम्मको चर्चा छ।यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);