बुढाथोकी,बराल र धमलामध्ये को बन्ला त्रिविको उपकुलपति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बुढाथोकी,बराल र धमलामध्ये को बन्ला त्रिविको उपकुलपति ?

काठमाडौं, ७ फागुन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम रिक्त रहेको विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्राध्यापकत्रय बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि आवेदन दिएका ४३ जनाबाट पहिलो चरणमा सर्टलिस्ट भएका १४ जनामध्ये अन्तरवार्तापछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपतिबाट तीनमध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त हुने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);