त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

tribhuwan university-upakulpati

काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।

कोइराला मुटु शल्यचिकित्सक हुनुहुन्छ भने बास्कोटा नाक, कान र घाँटी रोग विशेषज्ञ हुनुहुन्छ । त्यसैगरी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष तथा त्रिभुवन बिश्वबिद्यालयकै पूर्व रजिस्ट्रार हुनुहुन्छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस गर्न समिति गठन भएको थियो। तीर्थ खनियाँको कार्यकाल सकिएपछि विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको नाम सिफारिसका लागि समिति गठन गर्नुभएको थियो ।

समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ ।