त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

dharmakant

काठमाडौं, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डाक्टर धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ चिकित्सक हुनुहुन्छ । बास्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत रहनुभएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।

यसैगरी सरकारले डाक्टर भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डाक्टर कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डाक्टर कोइरालाले यसअघि महाराजगञ्ज स्थित त्रभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रको निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);