मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

Bhagwan-Koirala

काठमाडौं, १७ कात्तिक । सरकारले डाक्टर भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डाक्टर कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डाक्टर कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रको निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले भने डाक्टर कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिश गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);