सत्ताको सेवक बनेर धर्म चल्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सत्ताको सेवक बनेर धर्म चल्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल

ishwor pokhrel tulshi lokarpan

काठमाडौं, १७ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासंग जोडेर नहेर्न आग्रह गर्नुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस “तुलसी” नेपाली छाया अनुवाद’ को लोकार्पण कार्यक्रममा उहाँले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गर्नुभएको हो ।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उपप्रधानमन्त्री पोखरेलले समय अनुसार धर्म परिस्कृत हुदै जानुपर्ने धारणा राख्नुभयो । उहाँले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले परापुर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टीको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिनुभयो ।
ishwor pokhrel tulshi
उक्त ग्रन्थको आचार्य श्री तुलसीराम कँडेलले नेपाली भाषामा अनुवाद गर्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);