सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु

sunkoshi bus accident

सिन्धुपाल्चोक, १७ कात्तिक । आइतबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । १५ जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि बनेपा अस्पताल ल्याइएको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);