अपडेट - त्रिशूली नदीमा बस खस्दा ४ को मृत्यु, १५ घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

बस दुर्घटनास्थलमा दुई महिला र दुई पुरुषको शव भेटिए पनि उनीहरुको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ।

त्रिशुलीमा बेपत्ता भएको बस नदीमा डुबेको अवस्थामा भेट्टिएको र क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ। बसमा कति यात्रु थिए भन्ने एकिन हुन नसके पनि राजविराजबाट ५५ जना यात्रुले टिकट काटेको बताईएको छ। घटनास्थलमा बिहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका खट्टिरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार