अपडेट - त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो, खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अपडेट – त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो, खोजी कार्य जारी

धादिङ, ११ कार्तिक । राजविरावजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ। शनिबार बिहान करिब साढे ५ बजे ना ६ ख १४६७ नम्बरको सन्तोष ट्राभल्सको रात्री त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।

अहिलेसम्म ७ पुरूष र ४ जना महिला गरी जम्मा ११ जनाको लास फेला परेको छ। मृत्यु हुनेहरूको सनाखत भने हुन सकेको छैन्। यस अगाडि नै नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर गजुरी अस्पतालमा उपचारका लागि लगेका थिए। उक्त बसमा करिब ५५ जना यात्रु रहेको अनुमान गरिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);