त्रिशुलीमा भएकाे बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा गहिरो दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

त्रिशुलीमा भएकाे बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा गहिरो दु:ख व्यक्त

bidhya devi

काठमाडौं, ११ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी-५ घाटबेसीबाट त्रिशुली नदीमा खसि मृत्यु भएका प्रति गहिरो दु:ख प्रकट गरेकी छन् ।

उनले शोक सन्तप्त परिवारजनहरुप्रति धैर्य धारणको लागि समवेदना प्रकट गरेकी छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले दुर्घटनामा परेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

राष्ट्रपतिले उक्त दुर्घटनामा परी वेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । उद्धारकार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस तथा स्थानीय जनहरुप्रति विज्ञप्तीमार्फत धन्यवाद प्रकत गरेकी छन् ।

राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस धादिङको गजुरी गाउँपालिकाको घाटबेँसीको मोडबाट आज बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा अहिलेसम्म एकै घरका ६ जना सहित ३० जनाको मृत्यु भइसकेको छ । यस दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको सनाखत भएको छ भने अन्यको पहिचान खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);