अपडेट - बस दुर्घटनाका १९ मृतकमध्ये दुईको सनाखत, करिब २० जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ।

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ। मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन्।

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको छ । १९ जनाको शव फेला परेको छ भने अझै करिब २० जना हराइरहेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए। घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ। बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);