अपडेट - ५५ जना यात्रु बोकेको बस त्रिशूली नदीमा खस्यो, १५ जनाको उद्धार, ४० अझै वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अपडेट – ५५ जना यात्रु बोकेको बस त्रिशूली नदीमा खस्यो, १५ जनाको उद्धार, ४० अझै वेपत्ता

धादिङ, ११ कार्तिक । धादिङको गजुरी नजिकै एउटा यात्रुबस त्रिशूली नदीमा खसेको छ। सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै पोखरी खोला भन्ने ठाउँबाट त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । अरु ४० जनाको खोजी भैरहेको छ। गाडीको टिकट ५५ जनाले काटेकाले ४० जना हराइरहेको प्रहरीको अनुमान छ । तर बसमा कति जना यात्रु थिए भन्ने यकिन भने हुन सकेको छैन।

घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुई जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ। अहिले उद्धार र खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);