सुनकोशीमा बस खस्यो, तीन महिने शिशुसहित १७ जनाको मृत्यु, ५२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सुनकोशीमा बस खस्यो, तीन महिने शिशुसहित १७ जनाको मृत्यु, ५२ घाइते

sunkoshi bus accident

काठमाडौं, १८ कात्तिक । दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोशी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाको बढीको मृत्यु भएको छ । कम्तिमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेका अनुमान छ ।

अधिकांस घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बा २ ख ७२४५ नम्बरको उक्त बस सडकबाट करिब ७० फिट तल नदीमा खसेको थियो। स्थानीय उद्धारकर्मी रमेश खड्काका अनुसार यात्रुहरुलाई डुबेको, बगाइरहेको र थिचिएको अवस्थामा उद्धार गरिएको थियो। घटनास्थलमा ५ जना र बगाउँदै गरेको अवस्थामा नदीको विभिन्न स्थानबाट १० जनाको शव निकालिएको छ।

बसमा कम्तिमा ७० जना यात्रु रहेको अनुमान छ। उद्धारका लागि सेना, प्रहरी र सर्वसाधारणले स्थानीय रिसोर्टका बोटहरुको प्रयोग गरेका थिए। बस के कारणले दुर्घटना भयो यकिन भएको छैन। जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक ९डीएसपी० माधवप्रसाद काफ्लेले घाइतेलाई उदृत गर्दै भने, ‘बस अनियन्त्रित भएको र दुर्घटना हुनु अघि ख्याट्–ख्याट् आवाज आएको थियो। थप अनुसन्धान भइरहेको छ,’ उनले भने। बसको पांग्रामाथि र सिटहरु तल परेकाले यात्रुहरु धेरै पानीमा डुबेको अनुमान प्रहरीको छ।

डीएसपी काफ्लेका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत, ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। तीन जनाको भने सनाखत हुन सेकेको छैन।

स्थानीय खाडिचौर स्थित सदाबहार अस्पतालमा २ जना घाइते लगेकोमा उपचारका क्रममा बालिका साइरानीको मृत्यु भएको थियो। उपचारका लागि धुलिखेल अस्पताल लगिएका ५० जना घाइते मध्ये चेतकुमारीको मृत्यु भएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);