राजनीतिक आडमा ३६ गुन्डा नाइके | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजनीतिक आडमा ३६ गुन्डा नाइके

gunda naike

काठमाडौं, १८ कात्तिक । तत्कालीन नेकपा एमालेनिकट चरी भनिने दिनेश अधिकारी ०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा ‘प्रहरी मुठभेड’ मा मारिए । संगठित अपराधमा संलग्न चरी मारिएको भोलिपल्ट एमालेले संसद्मा विरोध जनायो । धादिङका एमाले सांसदहरू राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको इन्काउन्टर नभई हत्या भएको भन्दै त्यसबारे सरकारसँग जवाफ मागे ।

०७२ भदौ ३ मा अर्का ‘गुन्डा नाइके’ कुमार घैंटे भनिने कुमार श्रेष्ठ सामाखुसी, कपुरधारामा प्रहरीको गोलीबाटै मारिए । उनको मृत्युपछि कांग्रेसले सदनदेखि सडकसम्म विरोध गर्‍यो ।

घैंटे कांग्रेसका सक्रिय कार्यकर्ता भएकाले राजनीतिक प्रतिशोध लिन हत्या गरिएको भन्दै तत्कालीन सांसदहरू जगदीश्वरनरसिंह केसी र धनराज गुरुङसहितका नेताले विरोधको नेतृत्वगरे ।

२०७३ पुस ४ मा रूपन्देही र नवलपरासी सीमाको खैरहनीमा युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भयो । घटनाका आरोपित मनोज पुन र सुटर सोमबहादुरआले ०७४ फागुन ९ मा प्रहरीको कारबाहीमा मारिए । तत्कालीन माओवादी र एमालेसँग आबद्ध रहिसकेका दुवै जना सोही वर्ष असोज २३ मा काठमाडौंमा भएको निर्माण व्यवसायीशरदकुमार गौचनको हत्या आरोपमा समेत जोडिएका थिए ।

प्रहरी इन्‍काउन्टरमा मारिएकाबाहेक जघन्य अपराधमा केही गुन्डा नाइके जेलमा छन् । केही फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरू राजनीतिक संरक्षणका लागि विभिन्नदलमा आबद्ध छन् ।

निर्माण सामग्री बिक्रीमा ठगी अभियोग लागेका बाघे भनिने शुकबहादुर लामा केही साताअघि पक्राउ परेपछि कांग्रेस नेताहरूले प्रहरीलाई फोन गरेर छाड्न दबाब दिए । जुवाको खालबाटसमातिएका बले भनिने बलराम सापकोटालाई छुटाउन पनि नेकपाका नेताहरूबाट दबाब आयो ।

प्रहरीको ‘क्राइम रेकर्ड’ अनुसार राजधानीमा ३६ जना गुन्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् । उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दलतथा पूर्व ‘राजावादी’ समूहले संरक्षण दिने गरेका छन् ।

अदालतबाट सजाय भोगिसकेका १९ गुन्डा नाइके कांग्रेससँग निकट छन् भने ९ जना सत्तारूढ नेकपासँग नजिक छन् । बाँकी आठ जना अन्य राजनीतिक दलसँग जोडिएका छन् ।

दीपक मनाङे भनिने मनाङका राजीव गुरुङ गण्डकीमा नेकपाका बहालवाला प्रदेश सांसद छन् । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका उनी २०७६ असार १९ मानेकपा प्रवेश गरेका थिए । लागूऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका चक्रे मिलन भनिने मिलन गुरुङ साबिक एमाले समर्थित हुन् । त्यस्तै समूहका नाइके गणेश लामा मधेसीजनअधिकार फोरम हुँदै अहिले कांग्रेसमाछन् । उनी काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);