महराविरुद्धको थुनछेक बहस आजपनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महराविरुद्धको थुनछेक बहस आजपनि जारी

mahara adalatma

काठमाडौं, १८ कात्तिक । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आइतबारबाट सुरु थुनछेक बहस आज पनि जारी रहने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध गत बिहीबार मुद्दा दर्ता गरेको थियो । महराको बयान भने गत शुक्रवार सकिएको थियो । बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादी महराका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गरेका छन । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद मोहम्मद आफ्ताब आलमविरुद्ध आजै जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुने भएको छ । बेलुका ४ बजेसम्ममा जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला सरकारी वकिलको कार्यालयले बताएको छ । आज मुद्दा दायर भएपछि मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);