जन्मकैदको मागदाबीसहित आलमलाई मुद्दा दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जन्मकैदको मागदाबीसहित आलमलाई मुद्दा दर्ता हुँदै

alam bom bispot

काठमाडौं, १८ कात्तिक । कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरुद्ध पनि मुद्दा चलाउन लागेको छ । मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाइँदै छ । प्रमाण नष्ट गर्ने उद्देश्यले इँटा भट्टा मासेर हाल धान खेत बनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);