नेकपाको सचिवालय बैठक जारी, नयाँ प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाको सचिवालय बैठक जारी, नयाँ प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल

baluwatar offc

काठमाडौं, १८ कात्तिक । सत्तारुढ नेकपाको सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा देशको समसामायिक राजनीतिक विषय लगायत नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल भइरहेको जनाइएको छ ।

सरकारले कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदमुक्त गर्न सिफारिस गरेको थियो । नेकपा बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने बताइएको छ ।

प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउन सक्ने भन्दै सोमबार नै नयाँ नियुक्ति गर्ने सरकारको तयारी रहेको छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);