नेकपाकाे सचिवालय बैठकले सिफारिस गर्‍यो ७ नयाँ प्रदेश प्रमुखको नाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाकाे सचिवालय बैठकले सिफारिस गर्‍यो ७ नयाँ प्रदेश प्रमुखको नाम

nekapa sachiwalay baithak

काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै प्रदेशका प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सत्तारुढ नेकपाको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । जसअन्तर्गत अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ साह, गोविन्द कलौनी, विष्णु प्रसाईँ र शर्मिला त्रिपाठीको नाम प्रदेश प्रमुखहरुमा सिफारिस गरिएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनु भयो ।

उहाँले कुन प्रदेशमा कसलाई नियुक्त गर्ने ? भन्ने विषयको टुंगो भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नु हुने पनि बताउनु भयो । ‘कुन प्रदेशमा कसलाई नियुक्त गर्ने भन्ने विषय सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नु होला,’ महासचिव पौडेलले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भन्नु भयो, ‘पार्टीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।’

गत आईतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सबै प्रदेशका प्रदेश प्रमुखहरुको पदमुक्त गर्नु भएको थियो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नु भएका प्रदेश प्रमुखहरुलाई वर्तमान सरकारले फेर्न मिल्ने महासचिव पौडेलको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);