प्रदेश प्रमुखहरुलाई आज सपथ खुवाउने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश प्रमुखहरुलाई आज सपथ खुवाउने

bidhaya

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई आज सपथ खुवाउने तयारी गरेकी छन ।सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुखको नाममा असहमति जनाएपनि राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेका प्रदेश प्रमुखलाई आज सपथ खुवाउने तयारी गरेका हुन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले प्रदेश प्रमुखलाई आज सपथग्रहण गराउने तयारी रहेको तर समय तय हुन भने बाँकी रहेको बताए । सरकारले गत बुधबार प्रदेश प्रमुखको नाम सिफारिस गरेको थियो । सरकारले एक नम्बर प्रदेशमा प्राध्यापक गोविन्द सुब्बा, २ नम्बरमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

तर विहिबार थाइल्याण्डबाट स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले सरकारले सिफारिस गरेका नाममा आफ्नो असहमति रहेको भन्दै नयाँ सरकार गठनपछि प्रदेश प्रमुख फेर्ने जनाउ दिएका छन । प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);