प्रदेश प्रमुखहरुले मासिक ६४ हजार पारिश्रमिक पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १० असोज । प्रदेश प्रमुखहरुले पनि ६४ हजार मासिक पारिश्रमिक पाउने भएका छन । सरकारले सोमबार संसदमा दर्ता गराएको ‘प्रदेश प्रमु्खहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखहरुले मासिक ६४ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको हो ।

विधेयकमा प्रदेश प्रमुखहरुलाई पोशाक सुविधा बापत वार्षिक १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चका लागि मासिक ४० हजार पाउने व्यवस्था पनि गरिएको छ ।

नेपालको संविधानको धारा १ सय ६३ मा प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । उनीहरुले संघीय कानुन अनुसार राष्ट्रपति समक्ष सपथ लिनुपर्ने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गरिनेछ । नेपाल सरकारले उनीहरुलाई सवारी साधानको व्यवस्था पनि गर्नेछ ।

विधेयकमा प्रदेश प्रमुखहरुलाई संचार सुविधा, एक जना निजी चिकित्सकको सुविधा, चाडपर्व खर्चको समेत व्यवस्था हुनेगरी विधेयक तयार पारिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

विधेयकमा प्रदेश प्रमुखको कार्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमार्फत राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);