मुख्यमन्त्रीको तलब ६४ हजार: अन्य सेवा-सुविधा यस्ता छन् | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८०, बुधवार

काठमाडौँ, २८ असोज । प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन्। व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।

विधेयकअनुसार, प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ। मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र बार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, प्रदेश प्रमुखलाई १५ लाखको बीमा सुविधा दिइएको छ भने, भ्रमण भत्तामा स्वदेशभित्र दैनिक तीन हजार रुपैयाँ र विदेशमा तीन सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन्। भने निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउनेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ।