प्रदेश १ का मुख्यमन्त्रीकाे तलब ६० हजार बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्रीकाे तलब ६० हजार बढी

विराटनगर, २४ वैशाख । प्रदेश १ का मुख्यमन्त्रीले ६० हजार ९ सय ७० रुपैयाँ मासिक तलब र दुईवटा गाडिको सुविधा पाउने भएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री, प्रदेशका मन्त्री र सांसदहरुको पारिश्रमिक सम्बन्धी विधेयक पारित गरेको हो । पारित विधेयक अनुसार मुख्यमन्त्रीले तलब बाहेक सञ्चार सुविधा बापत ३ हजार, २५० लिटर इन्धन, दुई वटा गाडी, बिल अनुसार धारा र विजुली खर्च पाउने छन् ।

त्यसैगरी प्रदेश मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४७ हजार मासिक तलब पाउने छन् । विधेयकमा सभामुखको प्रतिमहिना तलब ५३ हजार, उपसभामुख ५० हजार, प्रमुख प्रतिपक्षी दलका नेता ५० हजार, प्रमुख सचेतकहरु ४९ हजार, सचेतक ४७ हजार र सांसदले ४५ हजार रुपैयाँ तलब पाउने व्यवस्था छ ।

प्रदेश सरकारका मन्त्री तथा सबै सांसद सदस्यहरुले तलब बाहेक भमण्र, भत्ता, घरभाडा लागयतका विविध शीर्षकमा समेत रकम पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);