आफैँले गोली हान्न लगाएको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आफैँले गोली हान्न लगाएको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

हातमा गोली हान्न भने पनि गल्तीले छातिमा गोली लागेको

काठमाडौं, २४ वैशाख । धर्मगुरु आचार्य श्रीनिवास आफैँलाई गोली प्रहार गर्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको अनुसन्धानमा धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन आचार्य आफैँले गोली हान्न लगाएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मोरङ प्रहरीले दिउँसो अन्य दुई अभियुक्तसहित सार्वजनिक गरेको हो ।

आचार्यसँगै सार्वजनिक गरिएका अभियुक्तहरुमा चितवन भरपपुर बेलचोकका २९ वर्षीय माधव चौधरी, नवलपरासी गैंडाकोट–५का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् । चौधरी आचार्यका अंगरक्षक हुन् । प्रहरी अनुसन्धानमा गोली उनै चौधरीले हानेको खुलेको छ ।

हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको मोरङ प्रहरीले जनाएको छ । आचार्यमाथि गत चैत २५ गते विहान गोली प्रहार भएको थियो । प्रहरीका अनुसार उनले हातमा गोली हान्न भनेपनि गल्तीले छातिमा गोली लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);