तुलसीपुरमा गोली चलाउने प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तुलसीपुरमा गोली चलाउने प्रहरी नियन्त्रणमा

दाङ । दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुरको टिकरीमा कुलो विषयमा भएको विवादमा एक युवकले गोली चलाएका हुन् ।

गोली चलाएको आरोपमा तुलसीपुर उपमहानगरपालिका–८ का २४ वर्षीय पूर्णबहादुर वलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव बहादुर सिंहले बताए । उनका साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरिएको छ ।

गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ । तर कसलाई गोली हान्न खोजेको हो भन्ने नखुलेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

शुक्रबार दिँउसो सवा १२ बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले वली सहित अर्का एक जनालाई पनि पक्राउ गरेको जनाएको छ । उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाएर भाग्न लागेका तुलसीपुर ८ टिकरीका आकाश चौधरी रहेको डीएसपी सिंहले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);