कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

मुकेश कुमार यादव,
सिरहा । सिरहामा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही नगरपालिका -२ का सुजित कुमार यादव रहेका छन् ।

ईलका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइको कमान्डमा खटिएका प्रहरी टोलीले गोलबजार नगरपालिका – ४ स्थित चेक जाँच गर्ने क्रममा सिरहाको औरही नगरपालिका -२ का सुजित कुमार यादवको साथबाट एक पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका यादबलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);