कपिलबस्तुको महाराजगंजबाट कटुवा पेस्तोल र गोली सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलबस्तुको महाराजगंजबाट कटुवा पेस्तोल र गोली सहित ३ जना पक्राउ

कपिलबस्तु । कपिलबस्तुमा कटुवा पेस्तोल र गोली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगंज नगरपालिका वडा नं. ९ औरहवाका २० वर्षिय लक्षमण यादव, सोही स्थानका २८ वर्षिय बिश्वम्वर यादव र सोही स्थान कै ४१ वर्षिय समसाद अहमद खाँ रहेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरी चौकी कुशुहवा बढनी र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलिले अबैध हातहतियार साथमा लिई हिडेका भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । संकास्पद अवस्थामा हिडडुल गरिरहेका उनिहरुलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड फेला परिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।

उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हूँदा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई हातहातियार खरखजना मुद्धा अन्तरगत आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);