कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ

पर्सा । बीरगन्जस्थित लक्ष्मणवाको एक होटेलबाट कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नं। २५ का २२ वर्षीय अनिल पटेल र २० वर्षीय रक्की पटेल तथा पोखरिया नगरपालिका वडा नं। २ का २० वर्षीय विक्रान्ता पटेल रहेका छन् ।

तीन जना युवकहरु सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेका भन्ने सूचना प्राप्त भई होटलमा पुगेको प्रदेश नं।२ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो होटलमा खाजा खाई बसिरहेका तीन जना युवकहरुको शरीर खानतलासी गर्दा अनिल पटेलको साथबाट कटुवा पेस्तोल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तीनैजनालाई उक्त पेस्तोल तथा युवकहरुले प्रयोग गरेको प्रदेश २–०३–०१३ प २०९७ नं। को मोटरसाइकलर र अर्को वन टेस्ट सुपर स्पलेन्डर मोटरसाइकल गरी २ वटा मोटरसाइकलसहित प्रहरी टोलीले नियन्त्रणमा लिएको खनालले बताए । उनीहरुमाथि हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);