कटुवा पेस्तोलसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरी,१२ भदौ । कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ । बर्जु गाउँपालिका–६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्डसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो । तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);