सर्लाहीबाट पेस्तोलसहित एक किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्लाहीबाट पेस्तोलसहित एक किशोर पक्राउ

सर्लाही । ब्रह्मपुरीस्थित नेपाल-भारत सिमानाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध हतियारसहित एक किशोरलाई पक्राउ गरको छ ।

शुक्रबार साँझ ब्रह्मपुरी गाउँपालिका-४, काली मन्दिर नजिकैबाट प्रहरीले भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत-१, बस्ने अन्दाजी १७ वर्षका गोलुकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो । दासको साथबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठले जानकारी दिए ।

सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । उनलाई पेस्तोलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय सर्लाहीमा अवैध हतियारको बिगबिगी बढेको छ । खुल्ला सिमानाका कारण आपराधिक क्रियाकलापमा संलग्नहरू सजिलै हतियार लिएर नेपाल छिर्ने र आपराधिक क्रियाकलाप गरेर भारततर्फ भाग्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);