भक्तपुरमा हतियारसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुरमा हतियारसहित चार जना पक्राउ

काठमाडौं, १४ पुस । सशस्त्र प्रहरी इन्टलिजेन्स व्युरोको टोलीले भक्तपुरमा हतियारसहित चार जनालाई पक्राउ गरेको छ । व्युरोबाट खटिएको टोलिले शनिबार भक्तपुरको सल्लाघारीबाट इटालिएन अटोमेटिक पेस्तोलसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका स्थायी घर भएका २५ वर्षे मोतिलाल शाही, २१ वर्षीय बलद्धिप शाही र १८ वर्षीय जागेश शाही तथा मुगुको खत्ने गाउँपालिकाका २२ वर्षीय भिमप्रसाद दाहाल रहेका छन् ।

उनीहरुलाई भक्तपुरको सल्लाघारीस्थित रेष्टुरेन्टबाट पेस्तोल र पाँचथान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । टोलीले उनीहरुको साथबाट मोवाइल तथा केही रकम समेत बराद गरेको भक्तपुस्थित २२ नम्बर गणका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);