कवितामार्फत देशको शान्ति सुरक्षामाथि व्यंग्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कवितामार्फत देशको शान्ति सुरक्षामाथि व्यंग्य

काठमाडौं, १४ पुस । युवा कविहरुले आफ्नो श्रृजना मार्फत मुलुकको शान्ति सुरक्षा कमजोर र निश्प्रभावि भएको भन्दै व्यंग्य गरेका छन् । शनिबार राजधानीको एक थियटरमा युवा कविहरुले आफ्नो श्रृजना वाचन गर्दै सरकार, सुरक्षा निकाय र न्यायमुर्तिको कार्यशैली प्रति व्यंग्य गरे ।

शान्ति सुरक्षाको प्रत्याभुतिका लागि बर्दिधारण गरेकाहरुबाटै चेलीहरुमाथि असुरक्षा बढेको, न्याय दिन बसेकाहरु नै न्यायको पक्षमा उभिन नसकेको तथा सिंगो राज्य समग्र शान्ति सुरक्षा र न्याय सम्पादनमा कमजोर भएको भन्दै युवाहरुले राज्यसंयन्त्रमाथि प्रहार गरे । युवा कविहरुले देशको अन्य समसामयिक विषयमा आफ्ना श्रृजना प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);