देशमा बढ्दै गएको बेथितिप्रति सर्जकहरुको व्यङग्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देशमा बढ्दै गएको बेथितिप्रति सर्जकहरुको व्यङग्य

काठमाडौं, २१ पुस । स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् । स्रष्टाहरुले देशमा बेथिति बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सत्ताको नेतृत्वमा रहेका हरुलाई देशलाई उज्यालोतर्फ लैजान दियालो बनेर काम गर्न पनि आफना रचना मार्फत सुझाव दिएका छन् ।

लेखन कुञ्जले राजधानीमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् ।

आर्थिक अनियमितताको सवालमा सधै साना र तल्लो बर्गकालाई मात्रै निसानामा पार्ने गरिएकोमा पनि उनीहरुले असन्तुष्ठी पोखे । इच्छाशक्ति भए मुलुकको शान्ति विथोल्न जुरुक्क उठेका सिंह र व्वाँसालाई थुन्न सकिने भन्दै उनीहरुले निर्मला पन्तको हत्यामा संलग्न दोषिलाई नियन्त्रणमा लिई मुलुकभर शान्ति र सुरक्षाको दियालो बन्न नेतृत्वको ध्यानाकर्षण गराए । उनीहरुले मुहानबाट नै भ्रष्टाचारको निर्मुलका लागि पहन गर्न पनि सुझाए ।

पछिल्लो समय लिंङ्ग पहिचान गरि भु्रण हत्या गराउने काम बढ्दै गएकोमा गम्भीर असन्तुष्ठी जनाउँदै कविहरुले छोरीप्रति दया, माया र भरोसा राख्न अपिल गरे । निकै मार्मिक रुपमा उनीहरुले सृष्टिको विधानलाई आत्मसाथ गरि छोरीलाई मृत्युको मुखमा नभई काखमा चढाउन आग्रह गरे ।

युवा अवस्था देखि बोकेको झोलाले आफ्नै जीवनको संङ्लो तस्वीर देखाईरहेको संकेत गर्दै मान्छेका उत्साह, इच्छा, आकांक्षा र प्राप्तीलाई सारमा झोला शिर्षकको कवितामा बाचन गरेका थिए ।

सडक संघर्षका अनेक आयामकाबीच सरकारले मुलुकको शान्ति सुरक्षा लगायत जनताको आधारभुत आवश्यकतामा गम्भीरता नदेखाएपछि साहित्य मार्फत कविहरुले तिखो व्यंग्य प्रहार गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);