पदिय मार्यादामा रहेर काम गर्न प्रहरीलाई आइजीपी खनालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पदिय मार्यादामा रहेर काम गर्न प्रहरीलाई आइजीपी खनालको निर्देशन

sarbendra khanal

काठमाडौं, २१ पुस । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदिय मार्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराएका छन् । पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रहरी प्रमुख खनालले पदिय मर्यादामा रहन सबैलाई सचेत गराएका छन् ।

२४ सै घण्टा काममा परिचालित हुँदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उनले पदिय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गरेका हुन् । कानुनमा भएका छिद्र मार्फत पदिय दुरुपयोग गराउन खोज्ने प्रति सधै सचेत रहन पनि उनले आग्रह गरे ।

प्रहरी संगठन बलियो भएमा पुर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गरे ।

उनले प्रहरी संगठनले सधै साधन स्रोतको अभाव खेपिरहनुपरेको तितो यथार्थकाबीच सुरक्षालाई पनि विकासको अवधारणासंगै अघि बढाउनुपर्ने मान्यता स्थापित गराउन आफु प्रयत्नशिल रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);