सरुवा, बढुवाका लागि आफूकहाँ नआउन गृहमन्त्री पौडेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरुवा, बढुवाका लागि आफूकहाँ नआउन गृहमन्त्री पौडेलको आग्रह

काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी स्वतन्त्र रहेको बताएका छन् ।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन् । उनले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए ।

संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन समेत दिएका छन् । उनले भने, ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्छु ।

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफु कहाँ नआउनको लागि निर्देशन दिएका छन् । आफु मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताएका छन् । उनले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने भन्दै अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न समेत निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभावचाहीँ गृह प्रशासनमा पर्नु नहुने भन्दै सुरक्षा निकाय र राजनीतिक परिस्थिति अलग फरक फर चिज भएको बताए । अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित नहुने पनि उनको भनाई छ ।

मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि जानकारी गराएका छन् । उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);