६ जनाको बहससहित संसद विघटनविरुद्ध शुक्रबारको संवैधानिक इजलाश स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

६ जनाको बहससहित संसद विघटनविरुद्ध शुक्रबारको संवैधानिक इजलाश स्थगित

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दाको संंवैधानिक इजलाशमा शुक्रबार ६ जना कानुन व्यवसायीले पक्षका तर्फबाट बहस गरेका छन् ।

शुक्रबार ६ जना वकीलले बहस सकाउँदा रिट निवेदक तर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अझै २ घण्टा ३५ मिनेट बाँकी छ । बाँकी बहस आइतबार हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले इजलाशमा रिट निवेदकका कानुन व्यवसायीलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराउँदै शुक्रबारको इजलाश स्थगित गरेका हुन् । बहस गर्ने सबैजसो कानुन व्यवसायीले प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरको जिकीर गरेका छन् ।

यसअघि बहसका क्रममा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले विश्वासको मत गुमाएसँगै केपी ओलीले फेरि प्रधानमन्त्रीमा दावी गर्ने हैसियत गुमाउन ुभएको दावी गर्नुभयो । राष्ट्रपतिले गरेको कामको कानुनी परीक्षण हुने भन्दै ऊनले उपधारा (५) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियुक्त हुन नसकेमा मात्र विघटन गर्न पाइने बताए ।

तर नियुक्ति गरेर विश्वासको मत लिने ३० दिनको अवधिसम्म जानै दिइएन भन्दै प्रधानले संविधानको धारा ७६ (५) अनुसार नियुक्त पिएमले मात्र विघटनको सिफारिश गर्न पाउने तर्क गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);