एमालेको राष्ट्रिय भेला आजदेखि | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

एमालेको राष्ट्रिय भेला आजदेखि

काठमाडौँ ।

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा शुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि शुरु हुने भेलामा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् । पार्टी उपमहासचिव लेखराज भट्टकाअनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै स्थानीय तह निर्वाचनको तयारीका विषयमा भेलामा छलफल हुनेछ । भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ कामबारे छलफल हुने एजेण्डा तय गरिएको छ ।

Leave a Reply