महाधिवेशनको मिति तय गर्न आजदेखि काठमाडौंमा रास्वपाको भेला | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

महाधिवेशनको मिति तय गर्न आजदेखि काठमाडौंमा रास्वपाको भेला

२०८१,६,१
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला बुधबारसम्म चल्नेछ। भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।
रास्वपाले यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने जनाएको छ।

Leave a Reply

ताजा समाचार