पुस १२ गते प्रेस संगठन नेपालको काठमाडौंमा प्रथम राष्ट्रिय भेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुस १२ गते प्रेस संगठन नेपालको काठमाडौंमा प्रथम राष्ट्रिय भेला

काठमाडौं, ६ पुस । प्रेस संगठन नेपालको एकतापछिको प्रथम राष्ट्रिय भेला हुने भएको छ । संगठनले यही पुस १२ गते काठमाडौंमा प्रथम राष्ट्रिय भेला तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरेको छ ।

भेलामा संगठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला प्रतिष्ठान र एसोसिएटका संयोजक र सहसंयोजक सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विशेष आतिथ्यतामा भेला हुने तय भएको छ ।

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);